नियम ४०
सहकारी संस्थाको बिभाजन
: (१) ऐनको दफा ८७ बमोजिम सहकारी संस्थाको विभाजन_गरी दुई वा दुईभन्दा बढी संस्थाहरू कायम गर्दा देहायका शर्तहरू पूरा भएको हुनु पर्नेछ :-

(क) बचत तथा क्र्रणको मुख्य कारोबार भएको सहकारी संस्थाको हकमा सो को कार्यक्षेत्र स्थानीय तहको एक वडाभन्दा बढी भएको,

(ख) विभाजनको प्रकृयाबाट स्थानीयकरण गर्दा संस्थाहरूको कार्यसञ्चालनमा सदस्यहरूको सक्रिय सहभागिता तथा लोकतान्त्रिक नियन्त्रण कायम रहने अवस्था भएको ।

(२) सहकारी संस्था विभाजन गर्दा मौजुदा कारोबारको प्रकृतिअनुसार नियम ११ बमोजिमको विषयगत वर्गीकरण मिल्ने गरी फरक फरक भौगोलिक कार्यक्षेत्र कायम राखी विभाजन गर्न सकिनेछ । (३) जजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकारप्राप्त अधिकारीले सहकारी संस्थाहरूको एकीकरण वा विभाजनको सिलसिलामा सम्बन्धित सङ्घको राय लिन सक्नेछ ।

(४) विभाजनका अन्य शर्त, आधार र प्रक्रिया मन्त्रालयबाट स्वीकृत कार्यविधिमा व्यवस्था भएबमोजिम हुनेछ ।